पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख २५, काठमाडौँ । वैशाख २५, काठमाडौँ । काठमाडौंबाट भैरहवा उडेको यती एयरलाइन्सको विमान काठमाडौंमै फर्किएको छ ।

विमानस्थलको रनवेमा श्री एयरलाइन्सको जहाज रोकिएपछि यतिको जहाज भैरहवा ल्याण्ड गर्न नसकेर काठमाडौंमै फर्किएको हो । भैरहवाबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको थियो।

उडान नम्बर एसएचए ८२२ नम्बरको ८० सिट क्षमताको –एस ८ जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २० माइल दुरीमा पुग्दा प्राविधिक समस्या देखिएपछि पुनः सोही विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।

जहाज रनवेमै रहेकाले उडान अवतरण प्रभावित भएको छ ।