जेठ १७, काठमाडौँ | काठमाडौँ नयाँ बजारको एक निजी स्कुलमा अध्ययनरत १३ वर्षीय बालक झुन्डिएको अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार नयाँ बजारको इलिफ्स स्कुलमा कक्षा ५ मा अध्ययनरत अभिषेक तामाङ सोही विद्यालयकाे होस्टलमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

घटना राति १ बजे घटेको र झुन्डिएको अवस्थामा बच्चा भेटिएको भन्ने खबर आफूहरूलाई आएको काठमाडौं प्रहरी प्रवक्ता सिताराम रिजालले बताए ।

परिवारका सदस्यले भने आफूहरू घटनास्थल नपुग्दै विद्यालय प्रशासनले हतार हतार शव पोस्टमार्टमका लागि अस्पताल लगेको आरोप लगाएको छ । अहिले उनका आफन्तहरूले विरोध प्रदर्शन गरिरहेका छन् ।

हिजो विद्यालयमा शिक्षकहरूले लागी गरेको, सजाय दिएको आरोप पनि आफन्तको छ ।

उनका बुवा छैनन् आमा साइप्रसमा काम गर्दै आएकी छन् । उनका दुई दिदीहरू छन् ।

May 31, 2023
समाज
काठमाडौँमा स्कुलको होस्टलभित्र मृत भेटिए १३ वर्षीय बालक
By साझासवाल
2 मिनेट पढाइ