Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
June 5, 2023 समाज

उडिरहेको जहाजमा फोटो/भिडिओ खिच्ने बुद्ध एअरका पाइलटलाई कारबाही

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जेठ २२, काठमाडौँ | </b>नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एअरका एक पाइलटलाई उडिरहेको जहाजमा फोटो र भिडियो खिचेको भन्दै कारबाही गरेको छ ।</p><p>प्राधिकरणले उडिरहेको जहाजमा पाइलटले फोटो भिडिओ खिचि हवाई सुरक्षामा आँच आउने गतिविधि गरेकाले कारबाही गरिएको बताएको छ ।</p><p>प्राधिकरणका प्रवक्रा जगन्नाथ निरौलाले जहाज उडानका क्रममा ती पाइलटले फोटो र भिडियो खिचेको उजुरी परेसँगै एक्टिभ ड्युटीबाट हटाइएको बताए । उनकाअनुसार यस विषयमा प्राधिकरणले पाइलटसँग स्पष्टीकरण सोधेको छ । पाइलटको नाम भने खुलाउन नमिल्ने उनले बताए ।</p>