Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
June 16, 2023 समाज

काठमाडौंमा हटाइँदै बसपार्कभन्दा बाहिरका टिकट काउन्टरहरु

By साझासवाल 2 मिनेट पढाइ

असार १, काठमाडौँ | काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कभन्दा बाहिर राखिएका सार्वजनिक यातायातका टिकट काउन्टरहरू हटाउन सुरु गरेको छ । आज बिहानैबाट महानगरले बसपार्कभन्दा बाहिरका काउन्टर हटाउने अभयिान चलाएको हो ।

टिकट काउन्टरहरू हटाउन नगर प्रहरीसँगै नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको छ । नगर प्रहरीहरुले टिकट काउन्टरका बोर्ड हटाउने काम जारी राखेका छन् ।

काठमाडौं महानगरपालिकाले यसअघि सूचना जारी गरेर नयाँ बसपार्कभित्रबाट मात्रै टिकट काट्ने व्यवस्था गर्नुपर्ने भन्दै त्यसभन्दा बाहिर राखिएका सबै टिकट काउन्टर हटाउन निर्देशन दिएको थियो ।

जथाभावी राखिएका टिकट काउन्टरले शहरको सुन्दरता घटाएको, सवारी साधनको चाप बढ्दा ट्राफिक व्यवस्थापनमा पनि कठिनाइ भएको र जथाभावी राखिएका टिकट काउन्टरबाट यात्रुहरु ठगिएको गुनासो थियो ।