Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
June 16, 2023 समाज

कर्जाको व्याजदर घट्यो

By साझासवाल 2 मिनेट पढाइ

<p><b>असार १, काठमाडौँ | </b>बैंकहरूले कर्जाको व्याजदर घटाएका छन् । बैंकहरूको आधारदर ०.२ देखि ०.५ प्रतिशतसम्म घटेको छ । आधारदर घटेसँगै ऋणको व्याजदर पनि सोही अनुपातमा घटेको एभरेष्ट बैंकका सीईओ सुदेश खालिङले&nbsp; बताए ।<br></p><p>खालिङले स्प्रेडदर (कर्जा र निक्षेपको ब्याजदरबीचको अन्तर) पनि असारमा ४ प्रतिशतमा ल्याइसक्नुपर्ने भएकाले कतिपय बैंकहरूले बेसरेटभन्दा केही कममा पनि ऋण प्रवाह गर्नसक्ने बताए । यद्यपि त्यसमा प्रिमियम भने जोडिन्छ । राष्ट्र बैंकको तथ्यांकअनुसार चैतमा १२.८४ प्रतिशत रहेको कर्जाको औसत ब्याजदर वैशाखमा १२.६५ प्रतिशत थियो । जेठमा १२.४५ प्रतिशतमा झरेको छ । योसँगै ऋणको व्याजदर पनि यही अनुपातमा घटेको हो ।</p><p>यसअघि निक्षेपको व्याजदर घटाएका बैंकहरूले कर्जाको ब्याजदर चलाउन पाएका थिएनन् । पछिल्लो पटक राष्ट्र बैंकले कर्जाको ब्याजदर परिवर्तन एक महिनामै गर्नसक्ने व्यवस्था गरेको छ । यसअघि ३ महिना कुर्नुपर्थ्यो । निक्षेपको भने मासिकरूपमै परिवर्तन गर्न सकिने व्यवस्था छ । असारमा भने निक्षेपको व्याजदर यथावत् राखिएको छ ।</p>