असार ६, धादिङ । धादिङको सिद्धलेक गाउँपालिका -७ अमिलिछापका कृष्णप्रसाद खतिवडाको घर छेउमा जमिन भासिएर अचानक डर लाग्दो भ्वाङ परेको छ ।

सोमबार राति अबेरसम्म केही नभएको जमिनमा मंगलबार विहानै गहिरो खाडलसहितको भ्वाङ देखिएपछि खतिवडा परिवार त्रसित बनेका छन् । यसअघि कहिल्यै नदेखिएको यस्तो समस्या कसरी उत्पन्न भयो स्थानीयवासी अनुत्तरीत बन्न पुगेका छन् । १९ फिट लामो वाँस भासिएको जमिन भित्रको भ्वाङमा छिराउँदा कतै नअडकिएको जग्गा धनी खतिवडाले जानकारी दिए ।

सिद्धलेक ७ का पूर्व वडाअध्यक्ष लक्ष्मण खतिवडाका अनुसार भ्वाङको आकार हाँडी जस्तो छ भित्र अध्याँरो मात्र देखिन्छ । गाँउको वीचमा रातो माटो भएका ठुला ठुला पाटा छन् । यस्तो भ्याङ देखिएपछि कृष्ण मात्र होइन । गाँउका सबै मानिसहरु अचम्मित र भयभित भएको पूर्व वडा अध्यक्ष खतिवडाले बताए ।

कृष्णप्रसादले बताए अनुसार विहान उठेर भैसीलाई घाँसपानी गरेर फर्कन लाग्दा गोठ नजिक कालो चिज देखेपछि नजिकै गएर हेर्दा जमिन भासिएर भ्वाङ परेर देखिएको हो । भ्वाङ परेको स्थान नजिकै कृष्णप्रसादको भैसी गोठ कुखुराको खोर र घर रहको छ ।

विहान गाँउभरिका मानिसहरु जम्मा भएर भ्वाङको निकास हेरेयाखोज्दा कतै नभेटिएपछि गाउँवासी थप त्रसित हुन पुगेका छन् । खतिवडाको कुखुरा खोर र भैसी गोठको बीचमा रहेको जमिन भासिएर भ्वाङ परेको हो ।

घर नजिकै अचानक जमिन भासिएर ठूलो भ्वाङ परेकाले घटनास्थलको अनुगमन गरिदिन कृष्णप्रसादले सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई अनुरोध गरिएको बताएका छन् । जमिन भासिएर भ्वाङ परेको क्षेत्रलाई प्लाष्टिकले बेरेर राखिएको खतिवडाले बताए ।

June 21, 2023
समाज
धादिङको सिद्धलेकमा जमिनमा अचानक देखियो भ्वाङ, स्थानीय त्रसित
By साझासवाल
4 मिनेट पढाइ