असार १०, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षमा थप ८०३ जना नयाँ कर्मचारी करारमा लिने भएको छ ।

आइतबार आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेको महानगरले महानगरको क्षेत्रगत विषयको जनशक्तीको अभावलाई तत्काल परिपूर्ति गर्न कुचीकार ३०० जना, कार्यालय सहयोगी ५१ जना, चौकीदार ३२ जना, स्वास्थ्यकर्मी २६९ जना र नगर प्रहरी जवान १५१ लाई करार सेवा मार्फत सम्झौता गरी काममा लगाउने जनाएको छ ।

यसका लागि महानगरले ३० करोड रुपैयाँ बजेट विनियोजन गरिएको उपमेयर सुनिता डंगोलले जानकारी दिइन् ।

साथै हालको नगर प्रहरीतर्फ कोटा समेत बढाएर कुल ५०० जनाको दरबन्दी रहने व्यवस्था गरिएको डंगोलले बताइन् ।

June 25, 2023
समाज
काठमाडौँ महानगरले ५ सय नगर प्रहरीसहित थप ८०३ जना कर्मचारी करारमा भर्ती गर्ने
By साझासवाल
2 मिनेट पढाइ