१४ अर्ब हिनामिना गरेको शिव शिखर सहकारीका अध्यक्ष शर्मा भारतबाट पक्राउ

साझासवाल
1 Min Read

असार १२, काठमाडौं | शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा भारतबाट पक्राउ गरेको छ । १४ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

भारतका कानपुर, बहराइच, लखनउ, मुम्बई लगायतका स्थानमा लुकिछिपी बस्दै आएको सूचना पाएपछि सीआईबीले भारतीय प्रहरीको समन्वयमा शर्माको खोजी तीव्र पारेको थियो ।

केदारनाथलाई भने मुम्बईस्थित एकजना भारतीय विधायकको घरमा लुकिछिपी बस्दै आएको अवस्थामा पक्राउ गरी सीआईबीले सोमबार नेपाल ल्याएको छ ।

नेपाल प्रहरीको सीआईबीको टोलीले उनलाई पक्राउ गरेको हो । आज बिहान साढे १० बजे यसबारे डिटेल सार्वजनिक गर्ने सीआईबी स्रोतले बताएका छन् |

रकम फिर्ता नपाएपछि बचतकर्ताहरूले सीआईबी र सहकारी विभागमा शर्माविरुद्ध उजुरी दिएका थिए ।

Share This Article
Leave a Comment

Leave a Reply