Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
June 27, 2023 समाज

जन्ती गएर फर्कर्दै थिए बाबुछोरी, दुर्घटनामा परेर मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

<p><b>असार १२, काठमाडौँ | </b>पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीस्थित सडक खण्डमा आज सडक दुर्घटनामा परेर बाबुछोरीको मृत्यु भएको छ ।<br></p><p>जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी–९ भालुखोलास्थित राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको प्र १–०२–००१क ३८७९ नं को ट्रक र विपरीत दिशाबाट गइरहेको प्र १–०१–००च ७४८२ नंको कार एकापसमा ठक्कर खाँदा कार चालक मोरङको उर्लाबारी–६ का ४५ वर्षीय गुरुचन चौधरी र सोही कारमा सवार उनकी छोरी १८ वर्षीया कुमकुमको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते दुवैको उपचारका क्रममा विर्तामोडस्थित बिएन्डसी अस्पतालमा मृत्यु भएको हो ।दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन् । घाइते हुनेमा मृतककी श्रीमती ४० वर्षिया सुजिता, छोरा १० वर्षीय विवेक, ३६ वर्षीया रञ्जुदेवी चौधरी, रतुवामाई १० का १९ वर्षीय रिकेश न्यौपाने र उर्लाबारी–७ की ४० वर्षीया मुना शाह रहेका छन् । उनीहरुको बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।</p><p>परिवार र आफन्तसहित उनीहरु विवाहमा सहभागी भई घर फर्किंदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।</p>