Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
July 1, 2023 समाज

रौतहटमा आमा छोरी मृत अवस्थामा फेला, श्रीमान् र सपरिवार घटना पछि फरार

By साझासवाल 3 मिनेट पढाइ

असार १६, रौतहट | मौलापुर नगरपालिका वडा नम्बर  ४ पतौरामा एक २४ बर्सिया महिला र २ वर्षकी छोरी मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार   २४ बर्सिया माला भन्ने कविता देवी र उनका २ बर्सिया छोरी आरुही कुमारीको  घरमै मृत अवस्थामा  फेला परेका हुन्। अबोध वालिका आरुही कुमारीको लास पङ्खामा झुन्ड्याइएको अवस्थामा र कविताको लास घरबाट बाहिरिने सिँढी मुनि फेला परेको प्रहरी उपरीक्षक बुढामगरले बताए ।

घटना शनिबार बिहान करिव तीन बजे आसपास भए पनि हत्या वा आत्महत्या यकिन  गर्न नसकिएको प्रहरी उपरीक्षक बुढामगरले बताए। मृतक कविता साहका पति धिरेन्द्र साह र ससुरा नागेन्द्र साहका सपरिवार घटना पछि फरार भएका छन् ।

माधव नारायण नगरपालिका वडा नम्बर ५ मिठुअवा घर भएका मृतक कविताका बुबा विजय शङ्कर साहले  घटनाबारे  जानकारी हुने बित्तिकै घटनास्थल पुगे पनि प्रहरीले आफूलाई घटना स्थलमा जान नदिएको बताए । छोरी र ज्वाइँ बिच पटक पटक विवाद हुँदा आफूले मिलेर बस्न दुवै जनालाई सम्झाई बुझाई गरेको बताउँदै कविता बुबाले ज्वाइँ धिरेन्द्र साहबाट पटक पटक दाइजो माग्दै आएको बताए। छोरीलाई पटक पटक यही निहुमा कुटपिट गर्ने गरेको उनको आरोप छ। कविता साहको हत्या भएको उनका बुबाले आरोप लगाएका छन्।