Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
July 3, 2023 समाज

झापामा आज बिहान जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असार १८, झापा |</b> मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ ।&nbsp; मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले बताए ।<br></p><p>पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चेर मारेको उनले जानकारी दिए । सिलगुढी निवासी उनी एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आएका थिए ।</p><p>झापामा छ दिनअघि मात्र जङ्गली च्याउ टिप्ने क्रममा हल्दिबारी गाउँपालिका–२ मा ५३ वर्षीय गिरेन कर्मकारलाई जङ्गली हात्तीले किल्चेर मारेको थियो । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले चालु आर्थिक वर्षमा मात्र जिल्लामा हात्तीको आक्रमणबाट आठ जनाको ज्यान गएको जानकारी दिए ।&nbsp;</p>