२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हेटौँडामा कानून व्यवसायीले गरे इजलास बहिष्कार

२०८०, १८ असार सोमबार ११:०९

असार १८, काठमाडौँ |  ललितपुर जिल्ला अदालतमा कार्यरत नायब शुब्बा प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछानेको कुटपिट काण्डको असर मकवानपुरमा पनि परेको छ ।

मकवानपुरका कानुन व्यवसायीहरुले अधिवक्ता लामिछानेलाई बिना कारण पक्राउ गरेको भन्दै आज इजलास बहिष्कार गरेका छन् ।


हेटौँडास्थित उच्च अदालत पाटन इजलास र जिल्ला अदालत मकवानपुरमा कानुन व्यवसायीहरूले इजलास बहिष्कार गरेका हुन् । उनीहरुले आज सोमबार कुनै पनि मुद्दामा बहस नगर्ने निर्णय गर्दै पेन डाउन गरेको कानुन व्यवसायी सुजन तिमल्सिनाले जानकारी दिए । यस्तै, न्यायपालिकामा कार्यरत कर्मचारीहरुले पेन डाउन गरेका छन् ।

उच्च अदालत पाटन, हेटौँडा इजलास तथा मकवानपुर जिल्ला अदालतमा कार्यरत कर्मचारीले आइतबार पेन डाउन गरेका हुन् । आइतबार दिउँसो १ः३० बजेसम्म पेन डाउन गरिएको हो ।

सर्वोच्च अदालतअन्तर्गतका कर्मचारी संगठनहरूले आह्वान गरेअनुसार देशभरका न्यायालयका कर्मचारीहरूले काम रोकेका थिए । उनीहरुले घटनाको निश्पक्ष छानविनको माग समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु