Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
July 21, 2023 समाज

काठमाडौँको फोहोरका गाडी प्रहरीको सुरक्षाबीच बञ्चरेडाँडा लगियो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन ५, काठमाडौँ | काठमाडौँको उपत्यकाबाट फोहर बोकेर गएका गाडी प्रहरीको सुरक्षाबीच बञ्चरेडाँडा लागिएको छ।

गएको सोमवारदेखि स्थानीयले अवरोध गरे पनि रोकिएको फोहर विसर्जन कार्य प्रहरी परिचालन गरी शुरु गरिएको हो । आज शुक्रवार फोहोर बोकेर गएका झन्डै एक सय २० वटा गाडी बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट पुगेका फोहरमैला व्यवस्थापन सङ्घका महासचिव मित्र घिमिरेले बताउनुभयो ।

साउन १ देखि स्थानीयको अवरोधका कारण बन्चरेडाँडा लैजान रोकिएको फोहोर प्रहरीको सहयोगमा लगिएको हो । फोहोर लैजाँदै गर्दा स्थानीयले अवरोध भने कायमै राखेका थिए ।

बञ्चरेडाँडा र सिसडोलका स्थानीयले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै फोहर बोकेर ल्यान्डफिल साइट गएका गाडीलाई बाटोमै रोकेका थिए । दैनिक तीन सय ८० वटा गाडी बञ्चरेडाँडा जाने गरे पनि अवरोध हुँदा काठमाडौँमा फोहर थुप्रिएको छ ।