Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
July 28, 2023 समाज

सेती नदीमा डुबेर एक बालक बेपत्ता

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>साउन १२, डोटी | </b>डोटीमा सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् । दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका पाँच वर्षीय सुशान्त साउद सेतीमा डुबेर बेपत्ता भएका हुन् ।&nbsp;<br></p><p>जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मी जोशीका अनुसार बिहीबार खेल्ने क्रममा नदीमा डुबेका हुन् । उनीसँगै डुबेका चार वर्षीय मिलन साउदको स्थानीयले उद्धार&nbsp; गरेका थिए । उद्धार गरिएका उनको डडेल्धुरामा उपचार भइरहेको छ ।&nbsp;</p><p>बेपत्ता सुशान्तको खोजीका&nbsp; लागि आफन्त, नेपाल प्रहरी र सशस्त्र प्रहरी जुटेका छन् । दुवैजना खेल्दाखेल्दै सेती नदीमा पुगेको प्रहरीले जनाएको छ ।</p>