२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दाङमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते

२०८०, १३ श्रावण शनिबार ०९:२१

साउन १३, दाङ | दाङमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

लमही- घोराही सडक खण्डको चौपट्टा नजिक शनिवार दिउँसो १२ बजेतिर ना ४ ख ८४८७ नम्बरको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार दुई यात्रु घाइते भएका हुन् ।


घोराहीतर्फ आउदै गरेको ट्रकको घोराही उपमहानगरपालिका-३ भैंसी बगाउने खोला नजिक उकालोमा टायर पन्चर भएको थियो । टायर पन्चर भएको थाहा पाएर रोक्ने क्रममा ब्रेक फेल हुदा ट्रक सडकबाट खोलामा खसेको प्रहरीको भनाइ छ ।


त्यस क्रममा ट्रकका चालक र सहचालक हामफालेका थिए भने ट्रकमा सवार किशोरीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइते हुनेहरूमा लमही नगरपालिका- २ बस्ने बर्ष १८ कि रबिना चौधरी र सोही ठाउँकी १६ वर्षकी करुणा चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घाइते दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु