Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
July 31, 2023 समाज

दुर्घटनामा परेर प्रहरी जवानको मृत्यु

By साझासवाल

<p><b>साउन १५,&nbsp;कैलाली&nbsp;| </b>कैलालीको गोदावरी नगरपालिका–३ स्थित चौकिडाँडामा दुर्घटनामा परेर प्रहरी जवानको मृत्यु भएको छ । मोटरसाइकलमा सवार प्रहरी जवान कपिल कठायतको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले बताए ।<br></p><p>कपिल कठायत नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत थिए । गएराति कठायतले चलाएको सुप प्रदेश–७३२० नम्बरको मोटरसाइकल र सुप प्रदेश–६४१९ नम्बरको ट्याक्टर आपसमा ठोक्किएको डिएसपी चन्दले बताए । मोटरसाइकल पछाडि सवार अर्का प्रहरी जवान हेमराज डाउडा घाइते छन् । उनको उपचार भइरहेको छ । घटनाबारे इलाका प्रहरी कार्यालय मालाखेतीले अनुसन्धान गरिरहेको छ ।&nbsp;</p>