साउन १६, काठमाडौँ | अभिनेता दयाहाङ राई र बुद्धि तामाङको मुख्य भुमिका रहने सिनेमा ‘कार्साङ’को मुख्य अभिनेत्रीको रुपमा सुरक्षा पन्त अनुबन्धित भएकी छन् ।

यम शेर्पाको निर्देशनमा निर्माण हुने सिनेमामा सुरक्षाको जोडी दयाहाङसँग बाँधिनेछ । यसअघि नै सिनेमाका दुई मध्ये एक अभिनेत्रीमा छिरिङ शेर्पा पनि फाइनल भइसकेकी छिन् ।

यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको सिनेमाका लागि अन्य कलाकार अडिसनबाट छनोट गर्ने तयारी निर्माण टिमको छ ।

शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुने सिनेमामा सुरक्षा अनुबन्धित भएसँगै मुख्य कलाकारहरुको लाइनअप पुरा हुन लागेको निर्देशक शेर्पाले जानकारी दिए । निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय सिनेमा हो । सिनेमामा उनी स्वयंको कथा, पटकथा तथा संवाद लेखन समेत रहेको छ ।

पुरुषोत्तम प्रधानको छायांकन रहने सिनेमामा उनी निर्माताका रुपमा पनि जोडिएका छन् । तिहार लगतै सिनेमाको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायांकन गरिने निमार्ण पक्षले बताएको छ ।

सिनेमा ‘कार्साङ’को ओभरसिज राइट्स पनि छायाकंन अगावै बिक्री पनि भइसकेको छ । सिनेमालाई अन्तराष्ट्रिय बजारमा सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले रिलिज गर्नेछ । सिनेमाको निर्माण पक्ष र सेभेन सिज कम्पनीबीच केही दिन अघि कागजी संझौता भएको थियो ।

August 1, 2023
समाज
‘कार्साङ’मा दयाहाङसँग बाँधियो सुरक्षाको जोडी
By साझासवाल
3 मिनेट पढाइ