Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
August 3, 2023 समाज

३५ दिनभित्र मापदण्ड विपरीतका डिजिटल विज्ञापन बोर्ड हटाउन काठमाडौं महानगरको आग्रह

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १८, काठमाडौं | काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र मापदण्डअनुरूप डिजिटल विज्ञापन बोर्ड राख्ने प्रक्रियामा आउन सूचना जारी गरेको छ । अहिले मापदण्ड विपरीत रहेका बोर्डहरू आफै हटाउन पनि सूचनामार्फत आग्रह गरिएको छ ।

डिजिटल विज्ञापनका लागि इच्छुक व्यक्ति, फर्म, सङ्घसंस्थाले महानगरपालिकाको राजस्व विभाग वा सार्वजनिक निजी साझेदारी एकाइको कार्यालय काठमाडौँ प्लाजा कमलादीमा निवेदन दिन सकिने जनाइएको छ ।

मापदण्ड विपरीत राखिएका बोर्ड हटाउन महानगरले सूचना जारी गरेको छ । तोकिएको समयमा रीतपूर्वकको निवेदन नदिने तथा मापदण्ड विपरीतका बोर्ड महानगरले हटाउने छ र तिर्न बाँकी विज्ञापन कर र बोर्ड बन्द गराउँदा लागेको खर्च सम्बन्धित विज्ञापन दाता वा घरधनीबाट असुलउपर गरिने समेत जनाइएको छ ।

महानगरपालिकाभित्र डिजिटल विज्ञापन गर्न चाहने व्यक्ति वा संस्थाले काठमाडौँ महानगरपालिका बाह्य विज्ञापन नियमन निर्देशिका, २०७९ को परिच्छेद २ को दफा ३ को व्यवस्था अनुसार महानगरपालिका क्षेत्रभित्र घरजग्गा, जग्गा वा बाह्य विज्ञापन योग्य अन्य संरचनाको स्वामित्व वा लिजमा लिएको भोगाधिकार प्राप्त व्यक्तिले त्यस्तो घरजग्गा, जग्गा वा अन्य भौतिक संरचनामा कुनै वस्तु तथा सेवाको प्रचारप्रसार गर्न सूचना प्रकाशित भएको ३५ दिनभित्र कार्यालयमा तोकिएको ढाँचामा निवेदन पेस गर्नु सूचना जारी गरेको छ ।