साउन २३, दार्चुला | विगत केही दिनदेखि दार्चुलाको आकाशमा भारतीय हेलिकप्टरले चक्कर लगाइरहेको छ।

दार्चुला सदरमुकाम खलंगाको माथि आकाशमा भारतीय हेलिकप्टरको शंकास्पद उडानले स्थानीय त्रसित भएका छन् । दार्चुला सदरमुकाम खलंगा स्थित नेपाली सेनाको गुरु गोरख गुल्म , जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय,सस्त्र प्रहरी को ४४ नं गण हेडक्वाटर दार्चुला जस्तो सम्वेदनशील निकायको माथि आकाशबाट भारतीय हेलिकप्टर उड्दै गरेको छ ।

विगतको समयमा भारतीय सेनाको हेलिकप्टर पनि दार्चुलाको आकाशमा उड्ने गरेको भएपनि आज भोलि भारतीय सेनाको हेलिकप्टर दार्चुलाको आकाशमा देखिएको छैन। भारतीय निजि कम्पनीको हेलिकप्टर दार्चुला सदरमुकाम खलंगाको आकासबाट उत्तर पश्चिम कालापानी क्षेत्र तर्फ गइरहेको छ।

दार्चुलाकी सीडीओ किरण जोशीले यस विषयमा भारतीय अधिकारीलाई पत्राचार गरेर ध्यानाकर्षण गरिएको जानकारी दिइन् ।

‘लगातार भारतीय हेलिकप्टर देखिन थालेपछि हामीले पिथौरागढका डीएमलाई लिखित पत्र पठाएर ध्यानाकर्षण गराएका छौं । जवाफ केही आएको छैन’, जोशीले भनिन् ।

August 8, 2023
समाज
दार्चुलाको आकाशमा भारतीय हेलिकप्टरको शंकास्पद उडान, प्रशासनले गरायो ध्यानाकर्षण
By साझासवाल
3 मिनेट पढाइ