<p><b>साउन २५, सुर्खेत |</b> १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेत सिम्ता गाउँपालिका-३ बस्ने २३ वर्षीय भिम बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।<br></p><p>विकले ती किशोरीलाई नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित होटलमा लगेर विभिन्न प्रलोभन देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।</p><p>यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।</p>
August 10, 2023
समाज
१८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ
By साझासवाल
1 मिनेट पढाइ










