२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

टेलिभिजनका दर्शकलाई राहत : सरकारले तोक्यो विदेशी सशुल्क च्यानलहरुको मासिक शुल्क

२०८०, ७ भाद्र बिहीबार १२:०६

भदौ ७, काठमाडौँ | सरकारले नेपालमा प्रसारण अनुमतिप्राप्त विदेशी सशुल्क टेलिभिजन च्यानलहरु (पे टिभी) ले उपभोक्ताबाट लिन पाउने मासिक शूल्क तय गरी सूचना जारी गरेको छ ।

राष्ट्रिय प्रसारण ऐन २०४९ तथा नियमावली, २०५२ बमोजिम केबुल, डीटीएच, एमएसओ, एएमडीएस, आइपीटीभी, डीटीटीभी लगायत माध्यमबाट उपभोक्तासम्म पुग्ने च्यानलहरुले लिनसक्ने शूल्क सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्धारण गरेको हो ।

सञ्चारमन्त्री रेखा शर्माले आज गरेको मन्त्रीस्तरीय निर्णयअनुसार प्रसारण संस्थाहरुले अब उपभोक्ताबाट मासिकरुपमा न्यूनतम २५० रुपैयाँ लिन पाउने छन् । यसका अतिरिक्त उपभोक्ताले खरिद गर्ने बुकेका आधारमा थप शुल्क तिर्नुपर्ने हुन्छ ।

मन्त्रालयको सूचनामा ८ वटा प्रसारण संस्था र विदेशी पेटीभीको बुकेको शुल्क उल्लेख गरिएको छ । जसअनुसार स्टार इन्डिया प्रालिको सम्पूर्ण पेटीभी च्यानल तथा बुकेको जम्मा मुल्य प्रतिग्राहक प्रतिमहिना ६५ रुपैयाँ तोकिएको छ ।

सोनी पिक्चर्स नेटवर्क इन्डिया प्रालिको लागि पनि अधिकतम मासिक शूल्क ६५ रुपैयाँ निर्धारण गरिएको छ । इन्डियाकास्ट मिडिया डिस्ट्रिब्यूसन प्रालि र जि इन्टरटेनमेन्टलाई २५ रुपैयाँ तोकिएको छ ।

यसैगरी, बेन्नेट कोलमन एन्ड कम्पनी लिमिटेडले प्रतिग्राहक अधिकतम ३ रुपैयाँ लिन सक्ने छ । डिस्कभरी नेटवर्क एसिया प्यासिफिक प्रालिले २० रुपैयाँ, बीबीसी स्टुडियो ड्रिस्ट्रिब्युसन लिमिटेडले २ रुपैयाँ, होम बक्स अफिस (सिंगापुर) ले १५ रुपैयाँ लिन पाउनेछन् ।

अब केवल टीभी, डीटीएच, एमएसओहरुले मन्त्रालयमा आएर आ-आफ्नो शूल्क प्रस्ताव स्वीकृत गराउनुपर्ने छ । त्यसपछि तत्कालै यो कार्यान्वयनमा जाने मन्त्रालयका एक अधिकारीले बताए ।

यसअघि मन्त्रालयले च्यानल वितरकहरुसँग बुकेको प्रस्ताव मागेको थियो । उनीहरुले प्रस्ताव दिएपछि मन्त्रालयले शूल्क निर्धारण गरिदिएको हो । अब अपरेटरहरुले यसका आधारमा आफ्नो प्रस्ताव स्वीकृत गराउनेछन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिभिजन हेर्ने ग्राहकसँगबाट ५ सय रुपैयाँभन्दा बढी शुल्क असुल्न नदिन–आला कार्ट मूल्य प्रणाली तथा शुल्क निर्धारण गर्ने निर्णय गरेकोमा भारतीय ब्रोटकास्टर संस्थाले सो निर्णय खारेज गर्न दबाब दिएको थिए । तर सरकारले उनीहरू आला कार्टमा नआए साउन १ देखि विदेशी सशुल्क च्यानल बन्द गर्ने सूचना जारी गरेपछि बाध्य भएर आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना