Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
August 28, 2023 समाज

आफूविरुद्ध झुटो खबर फैलाएको भन्दै समीक्षाले दिइन् चार फेसबुक पेजविरुद्ध साइबर ब्युरोमा उजुरी

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ११, काठमाडौँ | गायिका समीक्षा अधिकारीले आफूविरुद्ध झुटो खबर फैलाएको भन्दै चार फेसबुक पेजविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । ‘अष्ट्रेलियाले कालोसूचीमा’ राखेको भन्ने खबरलाई प्रतिवाद गर्दै फेसबुकका केही पेजविरुद्ध किटानी जाहेरी दिएको अधिकारीले उल्लेख गरेकी छन् ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका-४ निवासी गायिका अधिकारीले जिल्ला प्रहरी कार्यालय कास्कीको साइबर ब्युरोमा उजुरी दिएकी हुन् । नेपाल प्रहरीले गत महिनादेखि साइबर ब्युरोसम्बन्धी उजुरी सम्बन्धित जिल्लाबाटै दर्ता गर्न सकिने व्यवस्था लागु गरेको थियो ।