भदौ १७, काठमाडौँ |  काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) नेपाली क्रिकेट टिमलाई हौसला बढाउन श्रीलंका जान लागेका छन् ।

बालेन निकट स्रोतका अनुसार उनी आज दिउँसो ४ बजेको श्रीलंकन एयरलाइन्सको विमानबाट श्रीलंका जान लागेका हुन् ।

‘एसिया कप खेल्दै गरेको नेपाली क्रिकेट टिमको हौसला बढाउन काठमाडौं महानगरपालिकाका मेयर श्रीलंका जाँदै हुनुहुन्छ’ बालेन निकट स्रोतले भन्यो, ‘उहाँको फ्लाइट ४ बजे छ ।’

पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपालले दोस्रो खेल बुधवार भारतसँग खेल्दैछ । भारतलाई पराजित गर्न सके नेपाल अर्को चरणमा जानेछ ।

आज नै भारतविरुद्धको खेलमा नेपाली टिमलाई समर्थन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने पनि श्रीलंका गएका हुन् ।

September 3, 2023
समाज
नेपाली क्रिकेट टिमको हौसला बढाउन श्रीलंका जाँदै काठमाडौंका मेयर बालेन
By साझासवाल
2 मिनेट पढाइ