२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आठ कक्षा पास कर्मचारीलाई पनि खरिदारको प्रतिस्पर्धामा संलग्न गराउन एकीकृत कर्मचारी संगठनको माग

२०८०, १८ भाद्र सोमबार ११:४०

भदौ १८, काठमाडौँ | एकीकृत सरकारी कर्मचारी संगठनले आठ कक्षा उत्तीर्ण श्रेणीबिहीन कर्मचारीहरूलाई पनि राजपत्र अनंकित खरिदारमा पदपूर्ति गर्दा संलग्न गराउनुपर्ने माग सरकारसँग गरेको छ। संगठनको केन्द्रीय कार्यसमितिको दोस्रो बैठकले यस्तो प्रस्ताव गरेको हो। 

त्यस्तै खरिदारमा पदपूर्ति गर्दा खुला प्रतिस्पर्धाबाट ७० प्रतिशत र आन्तरिकबाट २० प्रतिशत कायम गर्नुपर्ने माग राखेको छ। 


जेष्ठता र कार्यसम्पादन मुल्यांकन बढुवामा १० प्रतिशत हुनुपर्ने उल्लेख छ। 

राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत पदमा खुला तर्फ ५० प्रतिशत, आन्तरिक प्रतिस्पर्धातर्फ १० प्रतिशत, र जेष्ठता कार्यदक्षता मुल्यांकन बढुवामा ३० प्रतिशतको व्यवस्था सुनिश्चित हुनुपर्ने माग बैठकले गरेको छ। कर्मचारी सरूवा प्रणालीलाई वैज्ञानिक, स्वचालित, चक्रिय र अनुमानयोग्य बनाइनुपर्ने माग पनि उनीहरूको छ। 

निश्चित समयअन्तरमा  स्वचालित रूपमा कर्मचारीको तलब, भत्ता, बढाउनुपर्ने पनि उल्लेख छ। स्थायी सेवा प्रवेश गरी १५ वर्ष पूरा गरेका कर्मचारी अनिवार्य अवकाश हुँदा निवृत्तीभरणका लागि नपुग अवधि थप गरी निवृतिभरण प्रदान गर्ने व्यवस्था हुनुपर्ने माग छ। 

अबको प्रत्येक शुुक्रबार कर्मचारीमैत्री र नागरिक मैत्री संघीय निजामती ऐन जारी गराउन दबाब अभियानका कार्यक्रमहरू गरिने संगठनका महासचिव प्रकाश राईले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना