Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
September 7, 2023 समाज

नेपाल आइपुग्यो अमेरिकी वायुसेनाको जहाज

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भदौ २१, काठमाडौँ | १२ सदस्यीय टोलीसहित अमेरिकी वायुसेनाको जहाज नेपाल आइपुगेको छ ।

भक्तपुरको नगरकोटमा नेपाली सेनाको टोलीसँग हुने संयुक्त अभ्यासको सिलसिलामा अमेरिकी सेनाको टोली आज काठमाडौँ आइपुगेको हो । नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच नियमित रूपमा सञ्चालन हुँदै आएको जोइन्ट कम्बेन्ड एक्सचेन्ज ट्रेनिङको चालिसौं संस्करण भदौ २४ गतेदेखि असोज १२ गतेसम्म सञ्चालन हुने तय भएको छ ।

त्यसका लागि अमेरिकाको सैनिक टुकडी बन्दोबस्तीका सामग्री सहित बिहीबार अमेरिकी वायु सेनाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । उक्त विमान शुक्रबार फिर्ता हुने कार्यक्रम रहेको छ । नेपाली सेनाका ३० जना तथा अमेरिकी सेनाका १२ जना गरी जम्मा ४२ जनाको सहभागिता रहने उक्त संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता लगायतका विषयहरूमा अनुभव तथा ज्ञान आदानप्रदान हुनेछ ।

नेपाली सेना अमेरिका, बेलायत, भारत, चीन, श्रीलङ्का, मङ्गोलिया, बंगलादेश, इजरायल लगायत देशहरूका सैन्य संगठनहरुसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्रति आतंकवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा सहभागी रहँदा निर्वाह गर्नुपर्ने भूमिकाहरू लगायतका विषयमा संयुक्त तालिम तथा अभ्यासहरूमा सहभागी हुँदै आएको छ ।

यसैबीच, संयुक्त अधिराज्यमा सञ्चालन हुने प्रतिस्पर्धात्मक एक्सरसाइज कम्ब्रेन पेट्रोलमा सहभागी हुने नेपाली सेनाको १० सदस्यीय टोली बुधबार प्रमुख सेनानी विवेक विक्रम शाहको कमाण्डमा बेलायततर्फ प्रस्थान गरेको छ ।