भदौ २४, काठमाडौँ | त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत् कर्मचारीहरूले आन्दोलन थालेका छन् । काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै यसअघि सामूहिक सरुवा मागेका उनीहरूले विभिन्न ५ बुँदे माग राख्दै संघर्ष सुरू गरेका हुन् ।

आजदेखि घोषणा गरिएको तीन दिने संघर्षका कार्यक्रमअन्तर्गत पेन डाउनदेखि, निकासी पैठारी र यात्रु जाँचपाससमेत बन्द गर्नेसम्मको छ ।

पछिल्लो समयमा ६० किलो सुन बरामदको घटनापश्चात विभिन्न निकायबाट गरिएका अनुसन्धान तथा छानबिनको बहानामा विभिन्न निकायहरूबाट आफूहरूलाई विनाकारण दु:ख दिने तथा मानसिकरूपमा क्षतविक्षत् बनाएकाले कार्यालयमा रही कामकाज गर्न कठिनाई महसुस भएको उनीहरूको गुनासो छ ।

राजस्व असूलीको असल नियतले कानूनबमोजिम गरिएको नियमित कार्यलाई अनुसन्धानको बहानामा तथा अनुसन्धानलाई नै विषयान्तर गर्ने गरी निर्दोष कर्मचारीलाई धरपकड गरिएको भन्दै बन्द गर्नुपर्ने, कार्यालयमा भौतिक पूर्वाधार र आधुनिक प्रविधिको व्यवस्था गर्नुपर्ने, डरत्रास विना उच्च मनोबलमा काम गर्ने वातावरण हुनुपर्ने, विनाप्रमाण, पक्राउ पूर्जी अनुमति नलिई कर्मचारीहरुलाई गिरफ्तार गर्ने, दुःख दिने, हैरानी दिने कार्य बन्द गर्नुपर्नेलगायतका माग छन् ।

September 10, 2023
समाज
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी आन्दोलित
By साझासवाल
3 मिनेट पढाइ