Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
September 13, 2023 समाज

पछिल्लो समय ३०० केजी भन्दा बढी सुन तस्करी भएको सीआईबीको दाबी, २६ जनाविरुद्ध मुद्दा चलाउन राय

By साझासवाल 6 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

भदौ २७, काठमाडौं | प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले 'ब्रेक सु' लगायतका माध्यमबाट पछिल्लो समय ३०० केजी ७८८ ग्राम सुन तस्करी भएको अनुसन्धानबाट पत्ता लगाएको दाबी गरेको छ । यस प्रकरणमा संलग्न २६ जनाविरुद्ध मुद्दा चलाउन राय दिएको छ ।

सीआईबीले पत्रकार सम्मेलनपछि बुधबार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंलाई सुन तस्करी प्रकरणको प्रतिवेदन पेस गर्दै छ ।

सीआईबीले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रुपैयाँ बराबरको सुन तस्करी भएको दाबी गर्दै त्यति नै बराबरको बिगो कायम गरी मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय पेस गर्ने भएको छ । यो प्रकरणमा हालसम्म ३२ जना पक्राउ परिसकेका छन् । ती मध्ये २६ जनालाई मुद्दा दायर गर्न राय दिइएको छ । १८ जना फरार छन् । फरार मध्ये १४ जना विदेशी नागरिक हुन् ।

सुन तस्करीको प्रकरण अनुसन्धानलाई जारी राख्दै मुद्दा चलाउने गरी राय दिएको हो । उनीहरुलाई सातवटा ऐनको दफा अनुसारको कसुरमा मुद्दा चलाउन सीआईबीले राय दिएको छ । भन्सार ऐन २०६४ को दफा ५७ (१) (घ) को १ (ख), संगठित अपराध निवारण ऐन २०७०, नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५, मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को एकिकृत कसूर, नेपाल नागरिकता ऐन २०६३, राहदानी ऐन २०७६, अध्यागमन ऐन २०४९ अनुसारको कसूरमा कारबाही गर्न राय दिइएको छ ।

'हाल सम्मको अनुसन्धानको क्रममा जम्मा ३२ जना नेपाली तथा बिदेशी नागरिकहरू पक्राउ परेका र रेडिट्रेड प्रा.लि.बाट आयात गरिएका ब्रेकप्याडहरूमा लुकाई छिपाई अवैध पैठारी गरेको जम्मा वरामद ६०.७१६ किलो र सुन निकाली पुन प्याकिङ गरिएको अवस्थामा बरामद भई आएका ब्रेकप्याडहरूको तौलबाट एकिन गरिएको ३०२.०६२ किलो गरी जम्मा ३६२.७७८ किलोग्राम सुनको हुन आउने मुल्य रु. ३,५०,०२,१६,५५२/- (तिन अरब पचास करोड दुई लाख सोह हजार पाँच सय वाउन्न) बराबरको सनु अवैध पैठारी भएको पुष्टि हुन आएको' सीआईबीले पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा छ ।

त्यसैगरी सुन अवैध पैठारी गर्न खडा गरिएका अन्य पाँच वटा कम्पनीहरू मार्फत ल्याईएको सुनको विवरणको पनि थप अनुसन्धान जारी राखिएको सीआईबीले जानकारी दिएको छ । 'यस प्रकरणमा संलग्न ५ जना विदेशी नागरिकहरूले झुटा विवरण पेश गरि नेपाली नागरिकता तथा राहदानी समेत लिएको पुष्टि हुन आएको हुदाँ सो सम्बन्धमा समेत थप अनुसन्धान भई रहेको छ' विज्ञप्तिमा छ ।

गत असार २ मा राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगल स्थित त्रि.वि. भन्सार कार्यालय परिसर बाहिर बा २ ज २३२४ नम्बरको ट्यागसीमा गाडीको ब्रेक प्याड १६० सेट सहित ८ कार्टुन बरामद गरेको थियो । बरामद भएको उक्त ब्रेक प्याडमा अवैध सुन भएको पुष्टि भएको थियो । ब्रेक प्याड, सेभर, स्मार्ट वाच लगायतका उपकरण प्रयोग गरेर सुन तस्करी हुने गरेको पनि अनुसन्धानमा देखिएको छ । ६०.७१६ केजी सुन, ११८० सेट ब्रेक प्याड, सुन गाल्ने मेसिन १० वटा बरामद भएको थियो ।