Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
September 17, 2023 समाज

गैह्रीगाउँ हत्याकाण्ड: घटनाबारे प्रहरीलाई जानकारी दिन पुगेका दीपेन्द्र राई: जसलाई भाग्यले बचायो

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ३१, काठमाडौँ | शुक्रबार राति गैह्रीगाउँमा भएको सामूहिक हत्या प्रकरणबारे प्रहरीलाई जानकारी दिन पुगेका दीपेन्द्र राई केही समय ढिला पुगेका कारण बाँचेको पाइएको छ।

उनी साथीभाइसँग भेटाघाटका लागि बाहिर रहेका कारण उक्त हत्या प्रकरणको अर्को पीडित हुनबाट बचेका हुन्। हत्या भएको राति उनी साथीभाइसँग मदिरा सेवनका लागि बाहिर गएका थिए।

खानपिनपछि उनी राति १२ बजेर ९ मिनेटमा आफू बस्दै आएको स:मिलमा फर्किएका थिए। तर त्यहाँ पुगेपछि उनले सबैतिर रक्ताम्य र छियाछिया अवस्थामा शवहरु देखे।

लगत्तै उनी ट्याक्सी बोलाएर घटनाबारे जानकारी दिन प्रहरी वृत्त बानेश्वर पुगे। उनले सबै जानकारी गराएपछि प्रहरी घटनास्थल पुगेको थियो।

दीपेन्द्र राई वैदेशिक रोजगारीका लागि विदेश पठाउने म्यानपावर कम्पनीमा कार्यरत भएको बताइएको छ। भाइ नाता पर्ने नवीन उनको म्यानपावरमार्फत् विदेश जानका लागि काठमाडौं आएका थिए।

स:मिलका साहु र दीपेन्द्र राईका बुबा साथी भएका कारण दीपेन्द्र त्यहिँ बस्दै आएका थिए। नवीन पनि दीपेन्द्रसँगै बसेका थिए।

केही दिनअघि नवीनले मोटरसाइकलको ठक्करबाट घाइते भएका अभियुक्तले सोही निउमा हत्या गरेको पाइएको छ। बोल्न नसक्ने अवस्थामा उनले प्रहरीकहाँ हत्या आरोप स्वीकार गरेका छन्। नवीनको हत्यापछि उनले तल्लो तलामा बस्दै आएका थप तीन जनालाई पनि थाहा पाउने डरले हत्या गरेका थिए।