Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
September 18, 2023 समाज

पोखरामा यतीले सुरू गर्‍यो रात्रि उडान

By साझासवाल 2 मिनेट पढाइ

असोज १, पोखरा |  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौंबाट यती एयरलाइन्सले रात्रिकालीन उडान (आईएफआर उडान) सुरू गरेको छ । यो उडान आइतबारदेखि लागु हुने गरी तालिका मिलाएको यती एयरलाइन्सले जनाएको छ ।

पोखरा अन्तर्रास्ट्रिय विमानस्थलमा यसअघि नै रात्रि उडानको सुविधा थियो । यतीले भने आइतबारदेखि मात्रै रात्रि उडान सुरू गरेको हो ।

रात्रि उडानका लागि यतीले काठमाडौंबाट साँझ ५ः३० बजे उडान न एनवाईटी ६८३ र पोखराबाट साँझ ६ः२० बजे उडान नम्बर एनवाईटी ६८४ मार्फत तालिका मिलाएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

अहिले साँझ एउटा मात्र उडान रहे पनि यात्रुको माग अनुसार उडान संख्या थप्दै जाने योजना रहेको उनले जनाए । पोखराका लागि यतीले हाल दैनिक ६ वटा उडान गर्दै आएको छ ।