असोज ५, काठमाडौँ | एसियाली खेलकुद प्रतियोगितामा छनोट भएका तीन जना भारतीय खेलाडीलाई खेलस्थल हाङझाउ जाने अनुमति नदिएपछि भारतका खेलकुदमन्त्रीले चीन भ्रमण रद्द गरेका छन् ।

उसु खेलमा प्रतिस्पर्धा गर्न चयन भएका अरुणाचल प्रदेशका तीन जना महिला खेलाडीले एसियाली खेलकुद प्रतियोगिता आयोजक समितिले अनुमति दिए पनि ती खेलाडीलाई चीन सरकारले खेलाडी परिचयपत्र एक्रिडिएसन नदिएपछि खेलमन्त्रीले भ्रमण रद्द गरेका हुन् ।

चीनले एक्रिडिएनलाई नै भिसाको मान्यता दिएकाले त्यसको अभावमा उनीहरू प्रतियोगितामा भाग लिनबाट वञ्चित भएका हुन् । चीनले अरुणाचल प्रदेशलाई दक्षिणी तिब्बतका रूपमा आफ्नो भूमि दाबी गर्दै आएको छ । उक्त प्रदेशको केही भू-भागलाई लिएर नयाँदिल्ली र बेइजिङबीच विवाद जारी छ ।

यसैबीच, भारतीय विदेश मन्त्रालयले खेलाडीमाथि चीनले गरेको भेदभावपूर्ण व्यवहारको निन्दा गरेको छ ।

September 22, 2023
समाज
भारत-चीनबीच तनाव, खेलाडीलाई अनुमति नदिएपछि भारतका खेलमन्त्रीको चीन भ्रमण रद्द
समाचार सेयर गर्नुहोस्
By साझासवाल
2 मिनेट पढाइ