Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
September 25, 2023 समाज

बझाङमा दाजुको हत्या आरोपमा भाइ पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

असोज ८, बझाङ | बझाङमा दाजुको हत्या गरेको आरोपमा भाई पक्राउ परेका छन्।

छबिसपाथिभेर गाउँपालिका-६ का घट्टेलेकका ५० वर्षीय बिजुली मन्डेला पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान पक्राउ गरेको हो।

उनले शुक्रबार धारिलो हतियार प्रयोग गरी ६० वर्षीय दाजु जैलु मण्डेलाको हत्या गरेको बझाङका डिएसपी भरतबहादुर शाहले जानकारी दिए।

हत्यापछि आरोपी बिजुली फरार भएका थिए।

हत्याको कारणबारे भने हालसम्म खुलेको छैन। पक्राउ परेका बिजुलीलाई कार्यालय ल्याइरहेको डिएसपी शाहले बताए।