Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
September 28, 2023 समाज

सर्जरी शिविर : ९ सय ९६ जनाको उपचार,२ सय ४० को शल्यक्रिया

By साझासवाल 6 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

असोज ११, टीकापुर | कैलालीको टीकापुरमा आयोजना गरिएको प्लास्टिक सर्जरी शिविरमा नौ सय ९६ जनाले उपचार सेवा लिएका छन् ।

शिविरमा चार सय ४७ पुरुष र पाँच सय ४९ महिलाले उपचार सेवा लिएका हुन् । शिविरमा उपचार सेवा लिनेमध्ये दुई सय ४० जनाको शल्यक्रिया गरिएको छ । शल्यक्रिया सेवा लिनेमा ९१ पुरुष र एक सय ४९ महिला छन् । उपचार सेवा लिन आएकामध्ये एक सय ७६ जनालाई थप उपचारका लागि सुष्मा कोइराला अस्पताल काठमाडौँ पठाइएको छ ।

कतिपय काठमाडौँमै गएर उपचार गर्नुपर्ने भएकाले त्यहाँ पठाइएको अस्पतालका प्रमुख प्रशासक प्रफुल्ल शर्माले बताएका छन् । ‘यहाँ उपचार सम्भव नभएकाहरूलाई काठमाडौँ पठाएका छौँ, त्यहाँ पनि निःशुल्क उपचार सेवा पाउनेछन्’, उनले भने, ‘यहाँबाट काठमाडौँसम्म पुर्‍याउने व्यवस्था बिरामीका आफन्तले गर्नुहुन्छ, उपचार सेवा सबै निःशुल्क हुनेछ ।’

शर्माका अनुसार उपचार सेवा लिनेमा बच्चादेखि वृद्धसम्म रहेका छन् । शिविरमा पाँच वर्ष मुनिका ६७ जनाले उपचार सेवा लिएकामा पाँच जनाको शल्यक्रिया गरिएको छ । पाँचदेखि १५ वर्ष उमेरभित्रका एक सय २९ जना परीक्षणमा आएकामा ४३ को उपचार गरिएको जनाइएको छ ।

करिब १५ देखि ४० वर्ष उमेरका दुई सय ८९ बिरामी उपचारमा आउँदा एक सय छको शल्यक्रिया गरिएको, ४० देखि ६० वर्ष माथिका दुई सय ८४ को स्वास्थ्य परीक्षण गर्दा ७७ जनाको शल्यक्रिया र ६० वर्ष माथिका २१ जनाको शल्यक्रिया गरिएको शर्माले जानकारी दिए ।

चार दिनसम्म टीकापुर अस्पतालमा सञ्चालित शिविर समापन कार्यक्रममा नगर प्रमुख रामलाल डगौरा थारुले विपन्न समुदाय यो शिविरबाट लाभान्वित भएको र यस्ता शिविर थप गर्न माग आइरहेको बताए । नगर प्रमुख थारुले निःशुल्क सेवा दिन टीकापुर पुगेको अस्पतालको टोलीलाई धन्यवाद दिँदै मानवीय भावना र दायित्व पूरा गर्न सहयोग मिलेको बताएका छन् ।

‘विपन्न सयौँ नागरिकले सेवा पाए’, उनले भने, ‘अझैँ सेवा लिनुपर्ने धेरै रहेछन्, हाम्रो सहकार्य आउँदा दिनमा पनि हुनेछ ।’ नगरपालिकाका जनस्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले सामाजिक भावनाका साथ सञ्चालन भएको शिविरमा थप उपचारका लागि काठमाडौँ पठाइएको र भएका विपन्न नागरिकलाई यातायात खर्च नगरपालिकाले सहयोग गर्ने बताए ।

‘काठमाडौँमा उपचारमा जाने विपन्न बिरामीलाई यातायात खर्च पालिकाले बेहोर्नेछ’, उनले भने, ‘जलन तथा आगोले पोलेका नागरिकले सेवा पाउन भन्ने उद्देश्यले शिविर सञ्चालन भएको हो ।’ टीकापुर अस्पतालका अध्यक्ष झपट सोडारीले जलनको सेवा नेपालका दुई ठाउँमा मात्रै हुँदा नागरिकलाई समस्या भइरहेको अवस्थामा टीकापुरमै आएर सेवा दिएकामा धन्यवाद दिए।

‘हरेक अस्पतालमा जलनको उपचारका लागि छुट्टै कक्ष र चिकित्सकको टोली हुनुपर्ने हो तर छैन’, उनले भने, ‘यस्ता गम्भीर समस्यामा सरकारको ध्यान जानुपर्छ ।’ यही असोज ७ बाट १० गतेसम्म सञ्चालन भएको शिविर सुष्मा कोइराला मेमोरियल अस्पताल काठमाडौँको प्राविधिक सहयोग तथा नगरपालिका र टीकापुर अस्पतालको संयुक्त आयोजनामा शिविर सुरु भएको हो ।

शिविरमा सुष्मा कोइराला मेमोरियल अस्पतालका जनरल सर्जन डाक्टर रोजिना शिल्पकार स्वाँरको नेतृत्वमा सिनियर कन्सल्ट्यान्ट डाक्टर श्यामेन्द्रबहादुर सिंह, कन्सल्ट्यान्ट सर्जन डाक्टर मनोहर यादव, मेडिकल अधिकृत डाक्टर सुमित्रा तामाङसहित १४ जनाको टोलीले सेवा दिएको हो ।