<p><b>असोज १७, काठमाडौँ | </b>श्रीमान् चेतन मानन्धरका हत्यारा रिगल भनिने योग ढकाललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वोच्च परिसरमा ढलेकी छन् । आममाफीविरुद्ध उनले दायर गरेको रिटको सर्वोच्चमा आज पहिलो पेशी थियो ।<br></p><p>तारिख लिएर फर्किने क्रममा सर्वोच्च परिसरमा बेहोस भएर ढलेपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ । भारतीलाई उपचारका लागि अस्पताल लगिएको सर्वोच्च स्रोतले जनाएको छ ।</p><p>न्यायका लागि नेपालगञ्जबाट काठमाडौं आएकी भारतीले माइतीघरमा रिले अनसन थालेकी छन् । उनी आज २ घण्टा अनसन बसेकी थिइन् ।</p>
October 4, 2023
समाज
सर्वोच्च परिसरमा ढलिन् भारती, वीर अस्पताल लगियो
By साझासवाल
2 मिनेट पढाइ










