असोज १७, काठमाडौँ | जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही, दाङका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले इन्जिनियर रानाभाटविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनले ३ करोड १५ लाख ८१ हजार ६६ रूपैयाँ ८० पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको अख्तियारको ठहर छ ।

२०४६ असार ३० गते नियुक्त भएका रानाभाटको २०७९ कात्तिक ६ सम्मको आम्दानी र खर्चको विश्लेषण गर्दा उक्त रकम अवैधरूपमा कमाएको देखिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

अनुसन्धानको क्रममा निज र निजको परिवारले अमिल्दो र अस्वाभाविक जीवनस्तर यापन गरेको¸ आफ्नो हैसियतभन्दा बढी रकम बराबरको आफ्नो र परिवारको नाममा शेयर/जग्गा खरिद, अध्ययन खर्च, घर निर्माण तथा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा रकम जम्मा गरेको देखिएको अख्तियारले जनाएको छ ।

निजले श्रीमती राधा रानाभाटसमेतको नाममा जग्गाहरू खरिद, घर निर्माण, शेयर खरिद तथा बैंकमा रकम जम्मा गरेको पाइएकाले बिगो जफत गर्ने प्रयोजनको लागि राधा रानाभाटलाई प्रतिवादी बनाइएको छ ।

इन्जिनियर दम्पतीविरुद्ध भ्रष्टाचार मुद्दा, ३ करोडभन्दा बढी अवैध आर्जन गरेको दाबी
समाचार सुन्नुहोस्
यो समाचार आवाजमा सुन्न Play थिच्नुहोस्।
समाचार पढिँदैछ…
तपाईंको browser मा समाचार पढ्ने सुविधा उपलब्ध छैन।