Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
October 9, 2023 समाज

घरमै सुतिरहेकी महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

By साझासवाल 1 मिनेट पढाइ

<p><b>असोज २२, मोरङ |</b> मोरङको कटहरी गाउँपालिका–७ बाट बलात्कार आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । </p><p>पक्राउ पर्नेमा ३० वर्षीय करण सरदा छन् । करणले २१ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ ।<br></p><p>आफनै घरमा सुतिरहेकी ती महिलालाई करणले बिहीबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको नेपाल प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।</p>