<p><b>असोज २६, काठमाडौँ | </b> द्वन्द्वग्रस्त इजरायलमा रहेकामध्ये थप २०० नेपालीले स्वदेश फर्किन इच्छा जाहेर गरेका छन्। इजरायलस्थित नेपाली दूतावासले स्वदेश फर्किन चाहने नेपालीको विवरण संकलन गर्ने क्रममा थप २०० नेपालीले आवेदन दिएका हुन्। <br></p><p>शुक्रबार मात्रै २५४ जना नेपाली उद्धार उडानमार्फत् काठमाडौं ल्याइएको छ। इजरायलस्थित नेपाली दूतावासले नेपाल फर्किएका बाहेक थप २०० जनाले स्वदेश फर्किनका लागि आवेदन दिएको बताएको छ। </p><p>यस्तै, प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परेर मारिएका १० जना नेपालीको शव नेपाल पठाउने प्रक्रिया पनि सुरु भएको दूतावासले जनाएको छ। इजरायलले शव हस्तान्तरणका लागि प्रक्रियाहरु पूरा गर्नुपर्ने भनेपछि मारिएका नेपालीको शव नेपाल ल्याउन समय लाग्ने देखिएको थियो। </p>
October 13, 2023
समाज
इजरायलबाट थप २०० नेपाली स्वदेश फर्किन इच्छुक, मृत्यु भएकाको शव ल्याउने प्रक्रिया सुरु
By साझासवाल
2 मिनेट पढाइ










