Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
October 19, 2023 समाज

पोखराका मासु पसलमा अनुगमनः २० हजार रुपैयाँसम्म जरिवाना

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कार्तिक २, काठमाडौँ | दसैंको छेकोमा पोखराका मासु पसलको अनुगमन भएको छ। उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी, जिल्ला प्रशासन कार्यालय कास्की र पोखरा महानगरपालिकाको संयुक्त टोलीले बजार क्षेत्रमा सञ्चालित मासु पसलको अनुगमन गरेको हो।

अनुगमन टोलीले सिर्जनाचोक, रत्नचोक, लेकसाइड र बिरौटा क्षेत्रमा सञ्चालित ८ वटा मासु पसल र मासुजन्य सामाग्री बिक्री गर्ने पसलको अनुगमन गरेको छ।

४ पसललाई अनुगमनका क्रममा ठाउँको ठाउँ कारबाही गरेको जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए।

म्याद नाघेका फ्रोजन मटनलगायतका सामाग्री बिक्री गर्ने रत्नचोकस्थित सेभेनस्टार फुड एण्ड मार्ट प्रालिलाई २० हजार रुपैयाँ गरिएको ढकालले जानकारी दिए।

सरकारी संयन्त्रबाटै अनुदान लिएर सञ्चालित पसलमै कैफियत भेटिएको छ। पशुपंक्षी बजार प्रवर्द्धन निर्देशनालयबाट ३० लाख रुपैयाँ अनुदान प्राप्त गरेर लेकसाइडमा सञ्चालित पोखरा मिट मार्टले उत्पादन र उपभोग्य मिति नखुलाइ बटाइको फ्रोजन र बंगुरको मासु प्याकिङ गरेर बिक्री गरेको भेटिएको हो। पोखरा मिट मार्टलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ।

बिरौटाको भोजपुर फ्रेस फ्रेस हाउसले पनि म्याद गुज्रको मासु ससेज लगायतका सामाग्री बिक्री गरेको फेला परेपछि २० हजार रुपैयाँ जरिवाना गरिएको छ। यस्तै, बिरौटाको इम्रान फ्रेस हाउसलाई ५ हजार रुपैयाँ गरिएको छ।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को क, ख र ग बमोजिम कारबाही गरेको सहायक प्रमुख जिल्ला अधिकारी ढकालले बताए।

अनुमगनका क्रममा अन्य मासु पसलले पनि मापदण्ड पूरा नगरेको फेला परेको पोखरा महानगरपालिका अनुगमन समिति सदस्य रहेका सहकारी शाखा प्रमुख भरतराज पौडेलले बताए। उनका अनुसार दर्ता नवीकरण नभएको, ढक तराजु नापतौल जाँच नगरेको, क्षेत्रफल नपुगेको, सरसफाइमा ध्यान नदिएका लगायत समस्या देखिएको छ। म्याद नाघेका बस्तु जफत गरेर नष्टसेमत गरिएको छ।