कार्तिक ३, काठमाडौँ | काठमाडौंको असन क्षेत्रमा २ जना व्यक्ति मृत फेला परेका छन्। असन–न्युरोडको मसान गल्लीमा २ जना मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

मृत फेला पर्नेहरु न्यूरोड तथा असन क्षेत्रमा भरियाको काम गर्ने व्यक्ति रहेका पाइएको छ। तर उनीहरुको पहिचान भने खुलेको छैन।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुंगेलले न्युरोड क्षेत्रमा भरियाको काम गर्ने २ जना मृत फेला परेको जानकारी दिए। उनीहरुको मृत्यु कारण खुल्न नसकेको एसपी ढुंगेलको भनाइ छ।

घटनाका सन्दर्भमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ।

October 20, 2023
समाज
काठमाडौंको असन क्षेत्रमा २ जना भरिया मृत फेला
By साझासवाल
2 मिनेट पढाइ