२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गाजाका नागरिकहरुको जीवन रक्षाका लागि संयुक्त राष्ट्रसंघलाई ध्यानाकर्षणपत्र

२०८०, १४ कार्तिक मंगलवार ०९:३७

कात्तिक १४, काठमाडौँ । गाजाका नागरिकहरुको जीवन रक्षाका लागि संयुक्त राष्ट्रसंघलाई ध्यानाकर्षणपत्र

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले संयुक्त राष्ट्रसंघलाई ध्यानाकर्षणपत्र बुझाएको छ । मंगलबार समाजले गाजामा नागरिकहरुको जीवन रक्षाको लागि प्रभावकारी कदम चाल्न आग्रह गर्दै राष्ट्रसंघलाई ध्यानाकर्षणपत्र बुझाएको हो । 

शान्ति समाजका केन्द्रीय अध्यक्ष रामकृष्ण बरालले हमासको आतंकवादी क्रियाकलापले मानव सभ्यताको उल्लङ्घन भएको भन्दै राष्ट्रसंघका महासचिवलाई विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको बताए । 


उनले भने, ‘हामी शान्तिका लागि यहाँ उभिएका छौं । हाम्रो चासो आतंकवादी हमासको क्रियाकलापले मानव सभ्यतालाई कहाँ पुर्याउँछ भन्नेमा हो, त्यसमा सचेत रहन महासचिवको ध्यानकर्षण गराएका छौं ।’

समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले इजरायलको बर्बरता र हमासको आतंक दुवैले विश्व शान्तिका लागि खतरा पैदा भएको भन्दै अन्तर्राष्ट्रिय मानव अधिकारको सम्मान गर्न भन्दै मानवताविरुद्धको अभियान बन्द गर्न आग्रह गरे । 

उनले भने, ‘इजरायलको बर्बरता र हमासको आतंक दुवै विश्व शान्तिका लागि खतरा छ । हामी इजरायलाई आग्रह गर्दछौं, अन्तर्राष्ट्रिय मानव अधिकारको सम्मान गर्नुहोस् मानवता विरुद्धको अभियान बन्द गर्नुहोस् । गाजाका ११ लाख मानिसलाई बस्ती छोड्ने र अस्पताल खाली गर्ने यो सबै मानवताविरुद्धको अभियान र विद्युत औषधि कटौटी गर्ने जस्ता काम रोक्नुपर्छ ।’

उनले संयुक्त राष्ट्रसंघलाई आक्रमणलाई रोक्न एवं विपीन जोशीसहित बन्धक बनाएएका सबैलाई रिहा गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो