कार्तिक १४, काभ्रे | काभ्रेको पनौतीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो २ः१० बजेको समयमा पनौती–२ सिलाभंज्याङमामा निसान गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनएको छ ।

कुशादेवीबाट नयाँ गाँउतर्फ जाँदै गरेको बा.४ ख.६७२३ पराल लोड निसान गाडी ब्रेक फेल भई सडकबाट ६०० मिटर तल खस्दा गाडीमा सवार उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार दुवै जनाको उपचारको क्रममा सिरमेमोरीयल अस्पतालमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा गाडी चालक काभ्रे पनौती–२ कुशादेवी बस्ने ४० वर्षीय रविन आचार्य, बेथानचोक–२ बस्ने ५० वर्षीय शिव विक्रम केसी रहेको उनले बताए । दुर्घटनामा अन्य एक जना घाइते भएका छन् । घाइते हुनेमा बेथानचोक–२ बस्ने ४५ वर्षीय सारदा तिमल्सिना रहेकी छिन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

October 31, 2023
समाज
काभ्रेको पनौतीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु
By साझासवाल
2 मिनेट पढाइ