Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
November 1, 2023 समाज

यी स्थानमा आंशिक बदलीसहित हल्का वर्षा र हिमपातको सम्भावना

By साझासवाल 2 मिनेट पढाइ

कार्तिक १५, काठमाडौँ | मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। उक्त वायुको प्रभावका कारण अहिले कोशी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानमा आंशिक बदली रहेको छ।

दिउँसो देशभर आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षासहित हल्का हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ।

राति भने देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।