कार्तिक २४, झापा | घरमा आगलागी हुँदा झापामा १ जना वृद्धाको जलेर मृत्यु भएको छ। झापाको अर्जुनधारा नगरपालिका–१० स्थित घरमा लागेको आगोमा जलेर ७५ वर्षीया दिलकुमारी राईको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार राति अर्जुनधारा नगरपालिका–१० का ७३ वर्षीय शिवकुमार राईको घरमा आगो लागेको थियो। शिवकुमारकी श्रीमती ७५ वर्षीया दिलकुमारीको जलेर घटनास्थलमै मृत्यु भएको हो।

आगलागीको खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट सालबारीबाट प्रहरी टोली खटिर स्थानीयको समेत सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो।

आगलागीमा परेर घाइते भएका शिव कुमार राईको शनिश्चरे अस्पताल शनिश्चरेमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

November 10, 2023
समाज
झापामा आगोले जलेर ७५ वर्षीया वृद्धाको मृत्यु
By साझासवाल
2 मिनेट पढाइ