Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
November 21, 2023 समाज

अमरेश भन्छन्– मेरो गाडीलाई ठक्कर दिएर आक्रमणको प्रयास भयो

By साझासवाल 3 मिनेट पढाइ

मङ्सिर ५, काठमाडौँ | स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले केही व्यक्तिहरूको समूहले आफूमाथि आक्रमणको प्रयास गरेको आरोप लगाएका छन् ।

मंगलवार बिहान साढे १० बजे  सर्लाहीको बलराबाट सिमरा विमानस्थल जानेक्रममा सर्लाहीको धनकौल गाउँपालिकास्थित सेखौना भन्ने स्थानमा केही व्यक्तिहरूले आक्रमणको प्रयास गरेको उनको भनाइ छ ।

नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र सिंहका छोरा मुन्ना भनिने सुधिर सिंहले बा १७ च ९६३२ नम्बरको गाडीबाट आफ्नो बा १५ च ११४३ नम्बरको स्कोर्पियोलाई ठक्कर दिएर गालीगलौज समेत गरेको आरोप उनले लगाए ।

'मेरो गाडीलाई ओभरटेक गर्दै ठक्कर दिएर आमाचकारी गालीगलौज र ज्यान लिने धम्की दिए,' सिंहले लोकान्तरसँग भने, 'म आफ्नो गाडीभित्रै बसिरहें । बरहथवाको डीएसपीलाई सुरक्षाका लागि फोन गर्दा नआएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई फोन गरेको थिएँ । '

तपाईंलाई तत्काल सुरक्षा हुन्छ भनेर गृहमन्त्रीले जवाफ दिएको केही समयपछि डीएसपी नेतृत्वको प्रहरी टोलीले आफूलाई रेस्क्यू गरेको उनले बताए ।

आफूले पाएको पीएसओ तिहार मनाउने भन्दै काठमाडौंमा रहेका बेला आक्रमणको प्रयास भएको सिंहको आरोप छ ।