पढ्न करिब 1 मिनेट लाग्छ

मङ्सिर ६, बाँके | बाँकेमा सामूहिक बलात्कारको आरोपमा तीनजना पक्राउ परेका छन् । २० वर्षीया महिलाको बलात्कार गरेको आरोपमा मंगलबार दिउँसो प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

खजुरा गाउँपालिका–१, जलपोखरीका २० वर्षीय युवराज राना, २० वर्षकै समीर थापा र २२ वर्षीय प्रविण थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अर्का आरोपित बाँकेकै जानकी गाउँपालिका–२, चौधरीपुरका २० वर्षीय सन्देश थापा क्षेत्री फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।

गएको कात्तिक ३० गते ती महिलालाई खजुरा–१, जलपोखरीस्थित अरहरी बारीमा लगेर उनीहरूले बलात्कार गरेको आरोप छ ।