Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
November 28, 2023 समाज

गुल्मीमा १५ वर्षीय बालिका बलात्कारपछि हत्या आरोपमा शिक्षक जेल चलान

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर १२, रूपन्देही । चन्द्रकोट गाउँपालिका–४ शान्तिपुर गुल्मीमा बालिकालाई बलात्कार गरी हत्या अभियोगमा मदरसाका शिक्षक पुर्पक्षका लागि जेल चलान भएका छन् ।

बाँके खजुरा ७ घर भई स्थानीय मदरसामा अध्यापन गराउन बसेका २३ वर्षीय रहिस खाँ लाई नचन्द्रकोट गाउँपालिका–४ शान्तिपुरमा डेरा गरी बस्दै आएकी १५ वर्षकी मनिषा रुचाललाई बलात्कार गरी हत्या गरेको अभियोगमा जिल्ला अदालत गुल्मीले पुर्पक्षका लागि थुनामा पठाएको हो । बालिका रुचाल स्थानीय विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिइन् ।

खाँ त्यहाँस्थित गुल्सने मदिनामा ५ महिनादेखि शिक्षकका रूपमा कार्यरत थिए ।

कार्तिक १६ गते मनिषा खेतमा खेतालालाई सुर्ती पुर्‍याउने जाने क्रममा खाँले बालिकालाई फकाई मस्जिदभित्र लगेर बलात्कार गरी हत्या गरेर सोही रातिनजिकैको हुग्दीखोलामा फालेको स्थानीयले प्रहरीलाई बताएका छन् । १६ गतेबाट हराइरहेकी बालिका कात्तिक १७ गते विहानै खोलामा नग्न अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटना शंकास्पद देखिएपछि प्रहरीले विभिन्न विधि र प्रविधिको प्रयोग गरी सुक्ष्म अध्ययन एवं अनुसन्धान गरी जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा अदालतमा मुद्दा दर्ता गरेकोमा सोमबार पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले बताए ।