Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
November 29, 2023 समाज

भूकम्पपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १९ करोड जम्मा

By साझासवाल 2 मिनेट पढाइ

मङ्सिर १३, काठमाडौँ | जाजरकोटलाई केन्द्रविन्दु भएर आएको भूकम्पका कारण पीडित जनताकाे राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा करिब १९ करोड जम्मा भएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार कात्तिक १८ गतेदेखि हालसम्म ७४ जनाले १८ करोड ९१ लाख ९६ हजार १८२ रुपैयाँ जम्मा गरेका छन् । भूकम्पले ठूलो जनधनको क्षति गरेपछि राहतस्वरुप विभिन्न संघसंस्था र व्यक्तिहरूले सरकारको विपद् कोषमा उक्त रकम जम्मा गरेका हुन्।

जसमा जाजरकोट र पश्चिम रुकुमका लागि ५०-५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड निकासा गरेको थियो।

सरकारले यसअघि एक अर्ब ४१ करोड रुपैयाँ भूकम्प प्रभावित क्षेत्रका लागि पठाएको थियो।