2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘जहाजले छाडेको होइन यात्रुहरू संवेदनशील नभइदिँदा आफै छुटेका हुन्’ – नेपाल एयरलाइन्स

मङ्सिर १४, काठमाडौँ | बुधवार बेलुकाका काठमाडौँ–दुबई उडाउनको क्रममा रहेको नेपाल एयरलाइन्सको जहाजमा ३१ जना यात्रु काठमाडौँमै छुटेपछि चर्चा चुलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) समेत उड्ने सो जहाजले जानिजानी सर्वसाधारण यात्रुहरूलाई छाडेर उडेको भन्दै एयरलाइन्सको आलोचना भइरहेको छ । 

तर, यता नेपाल एयरलाइन्सले भने जहाजले नभएर यात्रुहरू आफैँ छुटेको प्रतिक्रिया दिएको छ । ‘जहाजले छाडेको होइन यात्रुहरू आफैँ छुटेका हुन्’ नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले भने ।

‘जहाजको उडान तालिका परिवर्तन भएको सबै यात्रुहरूलाई पहिले नै जानकारी गराइएको थियो । फोन, एसएमएस, मेल सबै तरिकाबाट सूचना पुर्‍याइएको हो । तर, केही यात्रुहरू संवेदनशील नभइदिँदा छुट्नु भएको हो’ पौडेलले भने । 

एयरलाइन्सको आरए २२९ नम्बरको जहाज बुधवार बेलुका ११ः३० बजे काठमाडौँ–दुबई उडान तालिका रहेको थियो । तर प्रधानमन्त्री समेत सोही विमानमार्फत दुबई जाने भएपछि पूर्ववत् उडान सेडूलमा २ घण्टा अघि सारिएको थियो । एयरलाइन्सको ११ः३० को उडानलाई ९ः३० मा सारिएको सबैमा सूचना गरिएको प्रवक्ता पौडेलको भनाइ छ । 

तर, २५० जना यात्रुहरूले सूचना अनुसार नै समयमा नै उडानका लागि एयरपोर्ट आएको तर बाँकी ३१ जना नआएको प्रवक्ता पौडेलले बताए ।  तथापि, ढिला गरी आउने ३१ यात्रुलाई एयरलाइन्सले होटलमा लगेर राखेको र आज पुनः अर्को उडानमार्फत दुबई पठाउन लागिएको उनले जानकारी दिए । 

प्रवक्ता पौडेलका अनुसार आज बेलुकाको नेपाल एयरलाइन्सकै ११ः३० कै अर्को जहाजमार्फत छुटेका यात्रुहरूलाई दुबई पठाउन लागिएको र सम्भव भएसम्म अन्य जहाजहरूमार्फत समेत पठाउने तयारी नेपाल एयरलाइन्स गरिरहेछ ।  



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले