२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गाईघाटमा भीषण आगलागी हुँदा करोडौंको क्षति

२०८०, २५ मंसिर सोमबार ०७:४५

मङ्सिर २५, उदयपुर | उदयपुरको सदरमुकाम गाईघाटमा भीषण आगलागी हुँदा करोडौंको क्षति भएको छ ।

राज अटो पार्टस पसलबाट विद्युत सर्ट भई सुरु भएको आगलागीले पाँच पसलमा पूर्ण क्षेती र ५ पसलमा आंशिक क्षती हुदाँ करिव अढाई करोड बराबरको क्षति भएको हो ।

आगलागीका कारण राज अटो पार्टस पसल पुर्ण रुपमा जली नष्ट हुदा अन्दाजी ७० लाख बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सोही आगलागीमा ईजिकुल ईन्जिनियरीङ सेन्टर पुर्ण रुपमा जली नष्ट हुदाँ अन्दाजी ८ लाख, राम उद्गार सहनी माछा पसल पुर्ण रुपमा जली नष्ट हुदाँ अन्दाजी १ लाख ५० हजार, पंडित पान पसल पुर्ण रुपमा जली नष्ट हुदाँ अन्दाजी ५ लाख, महालक्ष्मी अटो पार्ट्स पुर्ण रुपमा जली नष्ट हुदाँ ३० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए ।

उनका अनुसार शाही होटलमा आंसिक क्षति हुदा ५० हजार, किरण होटल १५ हजार, नरसिंह अटो सेन्टर १५ लाख, चाँदनि साईकल पसलमा ६० हजार र कोसेलि घरमा २० हजार बराबरको क्षति पुगेको छ ।

आगो नियन्त्रणमा लिन सो क्षेत्रका ७ वटा पसल स्काभेटर लगाएर भत्काइएको थियो । आगलागीबाट ग्यारेजमा मर्मत गर्न राखिएका नयाँ र पुराना गरी कम्तीमा ५० थान मोटरसाइकल तथा मोटर र लेथ मेसिन सहित बिभिन्न यन्त्र उपकरणहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, त्रियुगा, चौदण्डीगढी नगरपालिका र रौतामाई गाउँपालिकाको दमकलको सहयोगमा स्थानीयले झण्डै डेढघण्टा लगाएर आगो नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय