मंसिर २६, काठमाडौँ । नेपाल वायुसेवा निगममा कार्यरत अधिकृत होमनाथ पोखरेललाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एकजना अधिकृतले बताए ।

झापाको कमल गाउँपालिका–२ घर भएका पोखरेल हाल काठमाडौँ महानगरपालिका–१० मा बस्छन् । भिजिट भिसामा विदेश जानेहरुसँग फेला परेका शंकास्पद कागजात अनुसन्धान गर्दै जाँदा प्रहरी फर्जी कागजात बनाउने गिरोहको कारखानासम्म पुगेको हो ।

एक हजार ३२ थान शंकास्पद पर्यटक प्रवेशाज्ञा माथि उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ । सो कागजातबारे अनुसन्धान गर्दा गिरोहले फर्जी कागजात बनाएर पर्यटक भिसा लगाएर सर्वसाधारणलाई विदेश पठाउने गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए ।

यसअघि प्रहरीले चारजना कन्सल्टेन्सी संचालकसहित १३ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

भिजिट भिसामा किर्ते कागजात प्रकरण : वायुसेवा निगमका अधिकृत पक्राउ
समाचार सुन्नुहोस्
यो समाचार आवाजमा सुन्न Play थिच्नुहोस्।
समाचार पढिँदैछ…
तपाईंको browser मा समाचार पढ्ने सुविधा उपलब्ध छैन।