मङ्सिर २७, काठमाडौँ | पानी भरेर राखिएको बाल्टिनमा डुबेर काठमाडौंको जोरपाटीमा १९ महिनाकी १ बालिकाको मृत्यु भएको छ।

गोकर्णेश्वनर नगरपालिका-५ जोरपाटीको बाहुनधारा बस्ने अनेत्र बडुवालकी १९ महिनाकी छोरी सुमित्रा बडुवालको बाल्टिनको पानीमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको हो।

प्रहरीका अनुसा आफ्नै घरको शौचालयमा रहेको बाल्टिनमा डुबेर अशक्त भएकी उनको नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

घटनाका सन्दर्भमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

December 13, 2023
समाज
बाल्टिनमा डुबेर काठमाडौंमा १९ महिनाकी बालिकाको मृत्यु
By साझासवाल
2 मिनेट पढाइ